चोरी मुद्दाका अभियुक्त फरार

रिपोर्ट नेपाल | 2019 Jul 24 | 04:23 pm 5452

बारा, साउन ८:  चोरी मुद्दामा पक्राउ परेका एक अभियुक्त फरार भएका छन् । फरार हुनेमा भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी वडा नम्बर ४ बेलवा टोलका १९ वर्षीय फिरोज मिया रहेका प्रहरीले जानकारी दिए ।

उनलाई चोरी (बगली मारेको) कसुरमा यही साउन ४ गते पक्राउ गरेका थिए । पक्राउ परेका मियालाई अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराको हिरासतमा राखिएको थियो । अभियुक्त साउन ७ गते राती ७ः५५ बजे खाना खुवाने समयमा भागी फरार भएका छन् ।

उक्त समयको डिउटीमा लापरबाही गर्ने प्रहरी हवल्दार शशीकान्त चौधरी र प्रहरी जवान अशोक शाह तेलीलाई निलम्बन र फरार अभियुक्तको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.