चोरी गर्ने एक महिला पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 26 | 05:37 pm 3305

काठमाडौं, साउन १० : ललितपुर सानेपा बस्ने सलिना शाक्यको कोठावाट सुनकाे सिक्री, औंठी, टप लगायतका गरगहनाहरु चोरी भएको भन्ने निवेदनको आधारमा उनकै घरमा सहयाेगीका रूपमा रहेकी  मनिता भन्ने महिलालार्इ प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानको क्रममा सलिनाको घरमा काम गर्ने जिल्ला सिन्धुली घर भई ललितपुर पुल्चोक बस्ने वर्ष २० की मनिता भन्ने अम्रिका चौलागाईलाई पक्राउ गरीएकाे हाे । पक्राउ परेकी चौलागाईबाट सलिना शाक्यको कोठाबाट चोरी गरेका सुनका गरगहनाहरु लगायत अन्य विभिन्न स्थानबाट चोरी गरी संकलन गरी राखेका  नगद, सुनचाँदीका गरगहना लगाएत  कपडाहरु  सहित हिजो बुधाबार पक्राउ गरी चोरी मुद्धामा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.