चीनमा बाढी-पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २६ पुग्यो

रिपोर्ट नेपाल | 2022 Aug 22 | 08:22 am 1629

काठमाडौं, भदाै ६ः भारी वर्षापछि आएको बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्त छिङहाइमा २६ जनाको ज्यान गएको छ । अन्य पाँच जना अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाढीमा परेका २३ जनाको उद्धार गरिएको छ । गएको बुधवार रातिदेखिको वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका छन् । मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भइ बाढी गाउँ पसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.