चीनमा क्वारेन्टाइन राखिएको एक होटल भत्किँदा चारको मृत्यु, ४७ को उद्धार

रिपोर्ट नेपाल | 2020 Mar 08 | 12:45 pm 1674

एजेन्सी, फागुन २५: दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको छ ।

सो होटलको पाँचतले भवन भत्किँदा ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीहरूले बताएका छन् । च्वान्जू नगरस्थित उक्त होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना फसेको बताइएको थियो ।

तीमध्ये ४७ जनालाई बाहिर निकालिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बाहिर निकाल्न नसकिएकामध्ये ४ मृतक भेटिएका छन् । अझै भग्नावशेष मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा खिचिएको भिडिओमा उद्धारकर्ताहरूले खोजी गरिरहेको देखिन्छ । सुविधासम्पन्न मानिएको सो पाँचतले होटल भत्कनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.