काठमाडौं, माघ २३: कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ भने यस भाइरसबाट सङ्क्रमित हुनेको व्यक्तिको संख्या २८ हजार पुगेको बताइएको छ।
हजारौं व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपश्चात् अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ।
कोरोनाभाइरस चीनको करिब २४ ओटा प्रान्तमा फैलिएको पुष्टि भएको छ।