चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 25 | 01:54 pm 2014

काठमाडौं, माघ ११: (एजेन्सी) चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका एक डाक्टरको मृत्यु भएको छ।

चीनको हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजनले समाचार सम्प्रेषण गरेको छ।

उक्त समाचार अनुसार कोरोना भाइरसका कारण डाक्टरको नै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो।

डा वुदोङको मृत्युसँगै चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। भाइरसका कारण चीनमा १ हजार २ सय भन्दा बढी संक्रमित भइसकेका छन्। डा वुदोङ कोरोना भाइसरको नियन्त्रणका लागि निरन्तर खटिएका थिए।

चीनमा यो भाइरस सबैभन्दा पहिला उहान सहरमा भेटिएको थियो।

चीनसँगै यो भाइरसको संक्रमण अहिलेसम्म जापान, कोरिया, थाइल्यान्ड, अमेरिका र नेपालमा समेत देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.