चीनबाट स्वदेश फर्किएका भारतीयमा कोभिड देखियो

रिपोर्ट नेपाल | 2022 Dec 26 | 07:58 am 1177

एजेन्सी, पुस ११ः दुई दिनअघि चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनको जीनोम सिक्वेन्सिङका लागि नमूना लखनउ पठाइने प्रमुख मेडिकल अधिकृत अरुण श्रीवास्तवले जानकारी दिएका छन् । व्यक्तिलाई  उनको घरमा अलग्गै राखिएको छ र स्वास्थ्य विभागको टोलीलाई उनको परिवारका सदस्यहरू र उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्न भनिएको प्राप्त विवरणहरुमा जनाइएको छ । २३ डिसेम्बरमा चीनबाट दिल्ली हुँदै आग्रा आएका उनको परीक्षणमा कोभिड पोजेटिभ देखिएको थियो ।

चीनमा अहिले फेरि कोभिड महामारी फैलिएको छ । व्यापक विरोधपछि सरकारले यसै महिनाको सुरुमा कोभिडसम्बन्धी नियम हटाएको थियो । त्यसपछि दैनिक लाखौँमा संक्रमण फैलिएको अनुमान गरिएको छ । छिमकी चीनमा कोभिड फैलिएपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.