चीनबाट फर्किने नेपालीलाई नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी

रिपोर्ट नेपाल | 2020 Feb 04 | 09:41 pm 2407

काठमाडौं, माघ २१: सरकारले चीनबाट फर्किने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेको छ ।

मंगलबार सिंहदरबारमा सुरक्षा निकाय प्रमुखको सहभागितामा बसेको बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने निर्णय गरेको हो । स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीले निरीक्षण गरेपछि यसको अन्तिम निर्णय गरिनेछ ।

कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुवेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउने तयारी सरकारले गरेको हो । त्यहाँ रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काइँदैछ। स्वदेश फर्काएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।

चीनमा रहेको नेपाली राजदुतावासले चीनमा रहेका विद्यार्थी फर्काउनको लागि तयारी पूरा भएको जानकारी गराइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.