चीनको एक कोइला खानीमा १६ जना मजदुरको मृत्यु

| 2020 Sep 27 | 01:41 pm 2918

 

एजेन्सी, असाेज ११ः चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीले सो कुराको जानकारी गराएको हो ।

सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ । उक्त दुर्घटना आइतबार बिहान भएको थियो । दुर्घटनामा परेर अरु पनि मजदुरहरु खानीमा च्यापिएको अनुमान गरिएको छ ।

उद्धारकर्मी, स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए ।

तर पनि १६ जनाको खानीभित्रै ज्यान गएको छ । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो । अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.