चिसो बढ्यो, काठमाडौंको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस

| 2019 Oct 24 | 09:29 am 2464

काठमाडौं, कात्तिक ७: काठमाडौं उपत्यकाको तापक्रम बिहीबार यो वर्षकै कम मापन गरिएको छ । बिहान काठमाडौंको तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए । बुधबार न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यसैगरी बिहीबार जुम्लाको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिँदा विराटनगरको भने सबैभन्दा धेरै २२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार उच्च पहाडी भेगमा हिमपात भएकाले पनि देशभरीकै तापक्रम घटेको हो । अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारण केहिदिन यता नेपालको मौसममा बदली भइरहेको छ । बिहीबार पनि यसको प्रभाव कायमै रहने महाशाखाले जनाएको छ ।

बिहीबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली रहने मौसमविद्को पूर्वानुमान छ । यस्तै, मध्य र पूर्वी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको
र उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.