चिर्पटले हानेर हजुरबा र हजुरआमाको हत्या

रिपोर्ट नेपाल | 2018 Dec 16 | 07:11 am 2784

बैतडी, पुस १ : बैतडीमा शनिबार नातीले आफ्नै हजुरबा र हजुरआमाको हत्या गरेका छन् ।

सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका हजुरबा गगन कुँवर र ७६ वर्षकी हजुआमा नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।

लोकेन्द्रले शनिबार बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर हजुरबा र हजुरअामाकाे हत्या गरेको हुन् ।

लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.