चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याइए

रिपोर्ट नेपाल | 2021 Feb 04 | 03:46 pm 2817

माेरङ, माघ २२ः नेकपाको  प्रचण्ड र नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा प्रदेश १ को राजधानी विराटनगरमा चियानास्ता पसलमा काम गरिरहेका माथि उम्लिइरहेको तातो तेल खन्याइएको छ।

यसरी घटाइएको क्रुरतापूर्ण घटनामा परेर एउटै परिवारका आमाछोरी हुन्। हड्तालका क्रममा विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन्।

उमालेर सिङ्गडा (समोसा) पकाउन तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी सामान्य घाइते भएका छन्। पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो।

उम्लिइरहेको तेल खन्याइदिएपछि आमा–छोरीको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन्। विराटनगर महानगरपालिका कार्यालयको गेट नै अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए। कुटपिटबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.