चिनीको मूल्यवृद्धिमा अख्तियारलाई अनुसन्धान गर्न लगाउन संसदीय उप-समितिको सुझाव

रिपोर्ट नेपाल | 2018 Oct 11 | 03:43 pm 3125

काठमाडौं, २५ असोज : संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उप–समितिले चिनीको मूल्यमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ ।

लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले चिनीमा लगाएको परिमाणत्मक बन्देजको कोटा खारेज गर्न निर्देशन दिनुपर्ने सु्झाव दिँदै अखितयारलाई छानविन गर्न समेत आग्रह गरेको हो । अर्थ मन्त्रालयमार्फत सरकारलाई वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने सुझाब समेत दिएको छ ।

त्यस्तै, समितिले उद्योग मन्त्रालयलाई उखु किसानले प्राप्त गर्नुपर्ने सरकारले दिने सब्सिडी, चिनी उद्योगीहरुले तिर्नुपर्ने बक्यौता दसैं अघि भुक्तानी दिने व्यवस्था मिलाउने’ सिफारिस पनि गरेको छ ।

स्वदेशी उद्योग प्रबर्द्धनका नाममा सरकारले भदौ ३१ मा चिनी आयातमा कोटा लगाएको थियो। चाडबाडका मुखमा वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था गरेपछि नेपाली बजारमा चिनीको भाउ बढेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.