चिनियाँ राष्ट्रपतिको चाहना र नेपालको आवश्यकता अनुरुप रेलमार्ग निर्माणको सम्झौता भएको छ : प्रधानमन्त्री ओली

| 2018 Jun 24 | 03:03 pm 3029

काठमाडौँ , १० असार :   प्रधानमन्त्री केपी शर्मा ओलीले रेलमार्गको निर्माण सम्झौता चिनियाँ राष्ट्रपतिको चाहना र नेपालको आवश्यकता अनुरुप भएको प्रष्ट पारेका छन् ।
छिमेकी राष्ट्र चीनको ६ दिने भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले दुई देशको सम्वन्धलाई नयाँ उचाइ कायम गर्दै सफल भएको बताए ।

उनले भ्रमणका क्रममा भएका महत्वपूर्ण सम्झौता उल्लेख गर्दै रेलमार्ग निर्माण सम्झौता चिनियाँ राष्ट्रपतिको चाहना र नेपालको आवश्यकता अनुरुप रहेको बताए । अहिले सम्भाव्यता अध्ययनको क्रममा रहेको रेलमार्ग केही बर्ष भित्रमा नेपाल आउने जिकिर समेत गरेका छन्।

दोस्रो पटक प्रधानमन्त्री भएपछिको दोस्रो विदेश भ्रमणका लागि प्रधानमन्त्री ओली असार ५ गते बेइजिङ प्रस्थान गएका थिए। बेइजिङमा उहाँले चिनियाँ राष्ट्रपति सी जिङ पिङ र प्रधानमन्त्री ली खछ्याङलगायत चीनका कम्युनिष्ट पार्टीका नेतहरुसँग समेत भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र चीनबीच बिभिन्न १२ सम्झौताहरु भएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.