बाँके, असोज १२ : जिल्लाबाट प्रतिबन्धित गरेको चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार पक्राउ पर्नेमा वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी नगरपालिका–१ का २६ वर्षीय चन्दन नेपाली र २४ वर्षीय कृष्ण वादीलाई ५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
चकजाँचको क्रममा नेपालीले बाकेको झोलाबाट चितुवाको १०४ इञ्च लामो छाला, ६ वटा दाह्रा तथा वादीले बोकेको झोलाबाट ९० इञ्च लामो छाला बरामद गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बरामद गरिएको चितुवाको छाला हेर्दा गोली प्रहार गरी मारिएको हुनसक्ने पौडेल बताए ।जफत गरेको दुवै छालामा गोली लागेको प्वाल रहेको छ । नेपाली र वादीलाई आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय नेपालगञ्जमा बुझाएको बताएका छन् ।