चितुवाको छालासहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 15 | 04:50 pm 1541

काठमाडौँ, कात्तिक २९ : काठमाडौंकाे मित्रनगरबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । अवैध रूपमा वन्यजन्तुको छाला खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) महाराजगंजले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुकुम आठबिसकोट नगरपालिका वडा नं-५ निवासी बिरभद्र बस्नेतको छोरा २३ वर्षीय विकाश बस्नेत र नगरपालिका वडा नम्बर -९ निवासी डिल्ली बहादुर डाँगीको छोरा २२ वर्षीय शेर बहादुर डि. सी रहेका छन् ।

उनीहरूको साथबाट खरिद बिक्री गर्नका लागि ल्याएको १ थान चितुवाको छाला बरामद गरिएको सिआईबीले जनाएको छ ।   छालासहित पक्राउ परेका उनिहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइसकेको समेत सिआइबीले जनाएको छ ।

उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको कारबाही हुने समेत सिआइबीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.