चितुवाको छालासहित घर्ती पक्राउ

| 2020 Oct 18 | 05:51 pm 1814

दाङ, कात्तिक २ः अवैध चितुवाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ५ बस्ने ५० वर्षीय इन्द्रबहादुर घर्ती रहेका छन् ।

घोराही उपमहानरपालिका १५ तारापुञ्ज टोलमा चितुवाको छालाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिगएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घर्तीको घरमा खानतलासी गर्दा कोठा भित्र प्लास्टिकको बोरामा लुकाई राखेको टाउको बंगरादेखि पुच्छरसम्मको पुरै भागसहितको चितुवाको छाला फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त छालाको लम्बाई ७ फिट ८ इन्च रहेको छ । अभियुक्त घर्तीलाई आवश्यक अनुसन्धान गरी राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तरगत थप कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय दाङ पाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.