चितुवाको छालासहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 06 | 06:20 pm 2247

बारा, जेठ २३ : बाराको जितपुरबाट प्रहरीले चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका २ का सोमबहादुर गोलेलाई चितुवाको छाला र ४ वटा दाँतसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गोले शंकास्पद अवस्थामा जितपुरमा देखिएपछि प्रहरीले तलासी गर्दा उनको झोलाबाट चितुवाको छाला र दाँत बरामद भएको हो । गोलेलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.