चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

| 2023 Feb 19 | 07:57 pm 1273

कैलाली, फागुन ७ः प्रहरीले चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटेको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका-३ टुक्की बजारबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अछाम विनायक नगरपालिका–६ का ३६ वर्षीय तुलबहादुर विक र जुम्ला तातोपानी गाउँपालिका–४ का ५० वर्षीय तुलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उनीहरुको साथबाट सात फिट १० र चौडाई चार फिट सात इन्च भएको चितुवाको एक थान छाला बरामद गरिएको छ। यसैगरी, वन्यजन्तुको दुई किलो ९५० ग्राम हड्डी पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।

उनका अनुसार विकले चलाएको से ५ प ८०३१ नम्बरको मोटरसाइकलमा पछाडि सवार खत्रीले जेब्रा झोलामा चितुवाको छाला र हड्डी बोकेका थिए। कुइनेदेखि चिसापानीतर्फ मोटरसाइकलमा आउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको साउँदले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.