बैतडी, फागुन २७: मंगलबार बिहान चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेलौली नगरपालिका ९ का पदमराम लुहारकी छोरी ८ वर्षीया सीता लुहार रहेकी प्रहरीले जानकारी दिएको छ ।
बालिकालाई सुतिरहेको ठाउँबाट चितुवाले लिएर गएको र उनको शव ५ सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।