चितुवाकाे आक्रमणबाट गाेरखामा एक पुरूष घाइते

रिपोर्ट नेपाल | 2023 Mar 02 | 06:14 pm 1361

गोरखा, फागुन १८: पालुङ्टार नगरपालिका-८ दुभारका एक पुरुषलाई चितुवाले आक्रमण गरेर घाइते बनाएका छन्।  घाइते हुनेमा ६२ वर्षीय रामकुमार कुमाल रहेका छन् ।

जंगलमा गाईवस्तु चराउन गएका उनी चितुवाको आक्रमणबाट घाइते भएका स्थानीय शंकर कँडेलले जानकारी दिए।

उनको टाउको, छाती र पाखुरामा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ।

एक महिलालाई लखेट्दै गरेको देखेर कुमालले चितुवालाई ढुंगाले हानेपछि महिलालाई छाडेर चितुवाले पुरुषलाई झम्टिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गोठालो गएका अरू पुरुषहरू पनि धुरिएपछि चितुवा त्यहाँबाट भागेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.