चितवनसँग धनगढी १२६ रनले पराजित

| 2018 Oct 31 | 12:11 pm 1416

पोखरा, कार्तिक १४: पोखरामा जारी सवार्धिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ। चितवनले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै ६७ रन मात्र बनाउन सक्यो ।

धनगढीका लागि पेटर ट्रेगोले २७ र योगेन्द्र सिंह कार्कीले १७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । यस हारसँगै धनगढीले प्रतियोगितामा तीन खेल खेल्दा दुईमा हार र एकमा सिजत निकालेको छ ।

धनगढीलाई सस्तैका समेट्न सन्नी पटेलले चार विकेट लिए । त्यस्तै भुवन कार्की र स्मिथ पटेलले दुई विकेट लिदाँ करन केसी र शक्ती गौचनले एक एक विकेट लिए ।

यसअघी चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९घ रन बनाएको थियो । चितवनका लागि हरिशंकर साहले अर्ध सतकिय पारी खेले । उनले ३३ बल खेल्दै ६ चौका र ती छक्काको मद्दतमा ५३ रन जोडे ।

त्यस्तै अनिल साहले ३७, सुन्नी पटेलले २५, स्मिथ पटेलले २४, कप्तान पारस खड्काले १९ र करन केसीले ११ रन जोडे । धनगढीका लागि कप्ताचन दिपेन्द्र सिंह ऐरी, मन्जित श्रेष्ठ, योगेन्द्र सिंह कार्की र डान लावरेन्सले समान एक एक विकेट लिए ।

प्रतियोगिताको दोस्रो खेल केही बेरमा विराटनगर टाइटन्स र बुटवल ब्लास्टरबीत प्रतिस्पर्धा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.