चितवनमा फेरि वयस्क गैंडा मृत फेला

| 2021 Dec 13 | 02:26 pm 1705

चितवन, मङ्सिर २७ः चितवनमा फेरि एउटा वयस्क गैंडा मृत फेला परेको छ । पश्चिम चितवनको विजयनगरमा करेन्ट लागेर मृत्यु भएको अनुमान गरिएको भाले गैडा मृत अवस्थामा फेला परेको हो ।

सोमबार विहान ८ बजे मृत अवस्थामा देखिएको गैंडाको पोष्टमार्टम भइराखेको डिभिजन वन कार्यालय भरतपुरका सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिए । करेण्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ उनले भने ।

चिकित्सकको टोलीले पोष्टमार्टमको कार्य गरिराखेकाले केही समयपछि मात्र मृत्युको कारण पत्ता लाग्ने जानकारी दिए । करिब ५ वर्षको देखिने वयस्क गैंडाको खाग, घुर सुरक्षित रहेको उनले जानकारी दिए। शिकारीले वा खाग लैजाने प्रयोजनले नमरेको उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.