चितवन युवा संघको रक्तदान सम्पन्न

| 2021 May 25 | 12:01 pm 3345

चितवन, जेठ ११ः एमालेका केन्द्रीय नेता केन्द्रमा वादविवाद आफू आफूमा आरोप प्रत्यारोपमा लागि रहेकै बेला उसको भातृ संगठन युवा संघ खैरहनी नगर कमिटीले भने प्रशंसनीय कार्य गरेको छ ।

No description available.

कोरोना महामारीले मुलुक आक्रान्त बनेको र कैयौं बिरामी रगतको अभावले मृत्युवरण गर्नु परेको कुरालाई खैरहनी युवा संघले मध्ये नजर राख्दै रक्तदान गरेको छ ।

युवा संघका अध्यक्ष कुमार थापा मगरका अनुसार तीन जना महिलासहित ५४ जनाले रक्तदान गरेका छन् । कोरोना महामारीलाई लक्षित गरी युवा संघले रक्तदान कार्यक्रम गरेको हो ।

एमालेका चितवन जिल्ला कमिटीका अध्यक्ष हीराबहादुर गुरुङको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको थियो ।

एमालेका जिल्ला कमिटीका सचिव प्रकाश ढुङ्गानाले युवा संघले मानवीय कार्य गरेको भन्दै युवा संघ र त्यसका अध्यक्ष कुमार मगरलाई धन्यवाद दिएका थिए ।

खैरहनी नगरका अध्यक्ष थापाले सामाजिक दायित्व र मानवीय कार्यको ख्याल गर्दै सामाजिक दुरी राखेर रक्तदान गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.