चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको सञ्चालक प्रसाईको दाबी

| 2020 Jan 08 | 01:56 pm 1421

काठमाडौं, पुस २३ः झापाको बिर्तामोडस्थित रहेको बी एण्ड सी मेडिकललाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस मागेको सञ्चालक दुर्गा प्रसाईले बताएका छन् ।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर प्रसाईंले उक्त कुरा सार्वजनिक गरेका हुन्। सरकारले गत भदौमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा गिरीलाई नियुक्त गरेको थियो।

प्रसाईंका अनुसार मंसिर १५ मा उनले गिरीलाई काठमाडौंको द्वारिकाज होटलमा भेटेका थिए । आफूभन्दा माथिकालाई पनि रकम बुझाउनुपर्ने भन्दै गिरीले २० करोड रुपैयाँ मागेको प्रसाईको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.