चाैतर्फी आलोचना भए पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

| 2023 Oct 01 | 03:32 pm 1293

काठमाडाैं, असोज १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको छ। नजिकिएको चाडपर्वका समयमा जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरिए पछि सरकारको चाैतर्फी आलोचना भए पछि प्रधानमन्त्री दाहालले विभागीय मन्त्री र आयल निगमको नेतृत्वलाई बोलाएर यथासक्य छिटो मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिए पछि आज राति १२ बजे पछि फिर्ता हुने भएको छ ।

सोहि बमोजिम निगममले स्वचालित मूल्य प्रणाली यथावत हुने गरी मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि फिर्ता गर्ने निर्णय गरेको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.