चाेर बाटाेबाट प्रधानमन्त्री बनेका देउवालाई विश्वासकाे मत कसरी दिनेः नेता ज्ञवाली

| 2021 Jul 18 | 07:06 pm 4281

काठमाडौं, साउन ३ः नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले सर्वाेच्चकाे परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासकाे मत दिन नसकिने बताएका छन् । आइतबार संसदकाे दाेस्राे सेसनमा बाेल्दै  पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाका बारेमा इतिहासका कुरा पनि खोतले । र, ती सबै इतिहासको विश्लेषण गर्दा कसरी प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भनेर प्रश्न पनि गरे ।

उनले भने, ‘दुई चोटी प्रधानमन्त्री र एक पटक गृहमन्त्री बनेर बाहिरिनुभएको माननीय शेरबहादुर देउवा आज ३२ वर्षअघि समाप्त पारिएको निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराएर त्यसैको सहारामा आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । मैले यो बेला शुभकामना र समर्थन कसरी गर्ने होला ? बडो समसस्या सिर्जना भएको सम्मानीय सभामुख महोदय !’

अदालतलाई संविधान संशोधन नगर्न भनेर व्याख्या गर्नमात्र भनेको पनि नेता ज्ञवालीले स्पष्ट पारेका छन् ।

ओली सरकारले आफ्नो सुन्धाराको धरहारा, चुच्चे नक्सा, सगरमाथाको उचाइ बढाएकोबारे जनताले सम्झिने पनि नेता ज्ञवालीले बताए । त्यस्तै, सिके राउत, विप्लवलाई नेपाली राजनीतिको मूलधारामा ल्याएको पनि उनले बताए ।

मेलम्चीको धारा प्रत्येकचोटी खोल्दा नेपाली जनताले ओली सरकार सम्झिने पनि उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.