चार्ल्टन समाज यूकेको अध्यक्षमा सिता अर्याल निर्वाचित ? अरु कसले पाए जिम्मेवारी ?

रिपोर्ट नेपाल | 2023 Sep 17 | 05:38 pm 1385

शिब भण्डारी

लण्डन, भदाै ३१ । नेपालीहरुको उल्लेख्य बसोवास रहेको चार्ल्टन समाज यूकेको अध्यक्षमा सिता अर्याल निर्बाचित भएकी छन्।
आइतबार चार्ल्टनस्थित मेरिडियन स्पोर्ट क्लबको सभाहलमा सम्पन्न अधिबेसनले अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।समाजले एक कार्यक्रमका बिच २०२३ –२०२५ का लागी नयाँ कार्यसमिती चयन गरेको हो।

यसै गरी उपाध्यक्षहरुमा दिल बहादुर जिसी महासचिबमा बसन्त खनाल सचिबमा सुनिता कँडेल कोषाध्यक्ष कृष्ण भण्डारी सहकोषाध्यक्ष दिपक खरेल चयन भएका छन् ।

तथा सदस्यहरुमा लिला राम सापकोटा, सिता ढकाल, सुबोध नेपाल, किरण सापकोटा, बिदुर भट्टराई, सुमन गौतम, बिष्णु पाण्डे,पत्रिका पाण्डे, पुकार ज्ञवाली चयन भएका छन् ।

अधिवेशन सम्पन्न गर्न दासुराम पाण्डेको संयोजकत्वमा रेशम अर्याल र कृष्ण खरेल सदस्य रहेको निर्वाचन समितिले उक्त समितिको घोषणा गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.