चार युवतीले गरे एक पुरुषमाथि सामुहिक बलात्कार

रिपोर्ट नेपाल | 2022 Dec 10 | 08:24 am 1629

नयाँदिल्ली, मंसिर २४ः भारतको जालन्धरमा चार जना युवतीले एक पुरुषमाथि सामुहिक बलात्कार गरेका छन् । चार युवतीहरुले ती पुरुषलाई ठेगाना सोध्ने बहानामा रोकेर कारमा सामुहिक बलात्कार गरेका हुन् ।

ती मानिसको अनुहारमा स्प्रे छर्केर पिट्दै गाडीमा राखेर जबरजस्ती मदिरा खुवाएर नशाको हालतमा युवतीहरुले बलात्कार गरेका थिए । आरोपी युवतीहरु २० देखि ३० वर्षका हुन् । पीडित पुरुष एक छाला कम्पनीका मजदुर हुन् । उनी बच्चाबच्चीका पिता हुन् । उनकी पत्नीले भनेपछि पुलिसमा कुनै उजुरी परेको थिएन । तर सामाजिक सञ्जालमा यो खबर भाइरल भएको थियो ।

भारतको कानूनअनुसार यो घटना कुनै बलात्कारको घटना हैन । भारतीय अदालतले तेस्रो लिंगी र पुरुषलाई बचाउन पनि कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ । भारतमा थुप्रै यस्ता घटना हुँदै आए पनि कानूनी अभावमा घटना दर्ता समेत हुने गरेका छैनन् । भारतमा महिलालाई न्याय दिनका लागि कानून बदलिएको थियो । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.