चार पुस्ताको किरिया एकै पटक

रिपोर्ट नेपाल | 2021 Sep 11 | 07:53 am 1889

संखुवासभा, भदाै २६: बौदमान कार्कीका परिवारका ६ जनाको हत्या हुँदा चार पुस्ता नै सकियो। अहिले त्यही घरमा चार पुस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३ छोरी, १ नाति र नातिनी बुहारी किरियामा बसेका छन्।

बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको अज्ञात समूहले हत्या गरेको अवस्थामा गत सोमबार शव भेटिएको हो। बुधबार बेलुका इटहरीस्थित बूढीगंगा जमुना मुक्ति घाटमा उनीहरूको सामूहिक दाहसंस्कार भयो।

दाहसंस्कारपछि किरिया बस्नेहरू बिहीबार बेलुका मादीस्थित घर आइपुगे। मृतक तेजबहादुरका कान्छो छोरा नरेश, बुहारी र दुई छोरी पनि किरियामा बसेका छन्। तेजबहादुरको जेठो छोरा रमेश कार्की कोरोना महामारीका कारण उडानमा अवरोध हुँदा अहिलेसम्म आउन पाएका छैनन्। नरेश दुबईमा थिए। घटनापछि उनी भने आएर किरियामा बसेका हुन्। नरेश दाहसंस्कारमा पनि सहभागी हुन भ्याए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.