चाम्लेमा बसको ठक्करबाट एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 11 | 11:13 am 2448

काभ्रेपलाञ्चोक, मंसिर २५ :  पनौती नगरपालिका–३ चाम्लेमा बसको ठक्करबाट गए राति एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

ठक्करबाट मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । बा३ख २०३ नम्बरको यात्रुबाहक बसले राति करिब नौ बजेको समयमा हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ । दुर्घटना गराउने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.