चाबहिलमा नेविसंघको विरोध प्रदर्शन

रिपोर्ट नेपाल | 2019 Nov 12 | 12:59 pm 1698

काठमाडौं, कात्तिक २६: भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा निकालेको विरोधमा मंगलबार नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले राजधानीको चाबहिलमा विरोध प्रदर्शन गरेको छ।

नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर भारतले नयाँ नक्सा निकालेका छन् ।

प्रदर्शनका क्रममा नेविसंघका नेता, कार्यकर्ता तथा विद्यार्थीहरु सहभागी थिए। उनीहरुले ब्यानरसहित विभिन्‍न प्लेकार्ड बोकेर सरकारलाई खबरदारी गरेका थिए।

त्यसक्रममा उनीहरुले केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो, सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो, लिपु लेक हाम्रो हो, गो ब्याक इण्डिया जस्ता नारा लगाएका थिए।

विरोध प्रदर्शनमा उत्रिएकाहरुले सरकारलाई खुट्टा नकमाइ राष्ट्रियताको पक्षमा बलियोसँग उभिन पनि आग्रह र खबरदारी गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.