चाडपर्वले राष्ट्रिय एकता बलियो हुन्छ: प्रधानमन्त्री देउवा

| 2021 Oct 19 | 09:11 am 1769

काठमाडौँ, कात्तिक ०२: मोहम्मद दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट राष्ट्रिय एकता, अखण्डतालाई थप बलियो बनाउने बताएका छन । प्रधानमन्त्री देउवाले मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहेव सल्लमको जन्मदिनको अवसरमा शुभकामना दिदै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मोहम्मद दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन ।
कोरोना भाइरस महामारीको विषम् परिस्थितिलाई दृष्टिगत गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हर्षाेल्लासपूर्वक दिवस मनाउन उनले मुस्लिम धर्मावलम्बीलाई आग्रह गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.