चाँदीका गहनासहित दुईजना पक्राउ

| 2021 Dec 23 | 04:00 pm 1421

रुपन्देही, पुस ८: कोटहीमाई गाउँपालिका-५ दुईमुहानबाट चाँदीका गहनासहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सम्मरिमाइ गाउँपालिका-६ अशुरैना बस्ने ४० वर्षीय कुरेश सुनार र सोही ठाउँका २४ वर्षीय अनिल बर्मा रहेका छन् ।

करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको लु १९ प ५१५९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको चाँदीका गहनासहित फेला पारेको हो। बरामद गहनासहित उनीहरुलाई भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.