चर्चित हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

| 2020 Oct 27 | 07:55 am 1681

काठमाडौं, कात्तिक ११ः चर्चित हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका हुन् ।

गत हप्ता आफ्ना दाजुलाई अस्पताल लाने र ल्याउने गरेको र सोही क्रममा संक्रमित भएको हुनसक्ने उनले बताएका छन् । उनलाई लक्षणसहितको कोरोना देखिएको हो ।

उनले सामाजिक संजालमा लेखेका छन्, गत बिहिबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ को ज्वरो देखियो। शनिबार ढाडको दुखाई महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो। भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.