काठमाडौँ, माघ १८ : नेपाली चलचित्र क्षेत्रका प्रख्यात र चर्चीत कलाकार बिएस राणाको आज शरक्रबार बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको कलाकार घनश्याम खतिवडाले जानकारी दिएका छन् ।
कलाकार राणा करीब ३० वर्ष बेलायतमा बसेका थिए । बेलायत बसाइमा रहँदा त्यहाँका विश्वविख्यात साहित्यका शेक्सपियरका विभिन्न नाटकहरुमा अभिनय समेत गरेका थिए । २०४१ सालदेखि नेपाली चलचित्रमा अभिनय शुरु गरी दर्जनौं चलचित्रमा राणाले अभिनय गरेका छन्।
उनले अभिनय गरेका नेपाली चलचित्रहरुमा सर्वाधिक चलेका दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र तथा दर्जनौं टेलिचलचित्रमा समेत अभिनय गरेका छन् ।
उनी काठमाडौँ बूढानीलकण्डका स्थायी बासिन्दा हुन् । कामको सिलसिलामा केही समयदेखि ललितपुरको भैँसेपाटीमा बस्दै आएका थिए । उनका एक श्रीमती र तीन छोरी छन् । उनका छोरा थिए केही वर्षअघि नै निधन भइसकेको छ ।