चन्द्रागिरीका मेयरलाई मातृशोक

| 2022 Jan 11 | 12:44 pm 1617

काठमाडौं, पुस २७ः नेपाली कांग्रेस चन्द्रागिरी नगरका सभापति एवम् मेयर घनश्याम गिरीलाई मातृशोक परेको छ । ८४ वर्षीया माइली गिरीको आज मंगलबार बिहान आफ्नै निवासमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आउनु भएकी माइली गिरीको अपरान्ह २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

स्वर्गीय माइली गिरीले मुलुकको लोकतान्त्रि आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको पनि श्रेष्ठले बताए । उहाँका मेयर घनश्याम गिरी सहित तीन छोरा र दुई छोरी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.