काठमाडौं, वैशाख २७: सरकारद्वारा सम्पूर्ण रुपमा प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी चन्द समुहका विद्यार्थी नेता पक्राउ परेका छन् ।
प्राप्त समाचार अनुसार चन्द निकट अनेरास्ववियूका अध्यक्ष चिरञ्जीवी ढकाललाई काठमाडौंको अनामनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । ११ विद्यार्थी संगठनद्वारा आयोजित पत्रकार सम्मेलनबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।