बागलुङ, भदाै २५ः गएराति वर्षासँगै परेको चट्याङ लागेर बागलुङमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेत रहेका छन् ।
मोबाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङ लागरेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा पुर्याए लगत्तै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामीले बताए।
चट्याङके उनको घरमा पारेको थप क्षतिको विषयमा अनुसन्धान भैरहेको छ । युवकको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।