चट्याङ लागेर धनगढीको एक घरमा क्षति

रिपोर्ट नेपाल | 2023 Mar 22 | 02:31 pm 1245

कैलाली, चैत ८ः कैलालीको धनगढी उपमहानगरपालिका –५ तारानगरमा चट्याङ लागेर एक घरमा क्षति भएको छ । स्थानीय कुन्नुनारायण चौधरीको घरमा चट्याङ लागेर क्षति भएको हो ।

चौधरीका अनुसार पक्की घरको दोस्रो तल्लामा दिउँसो चट्याङ परेको थियो । चट्याङबाट चार फिट लम्बाई र २ं५ फिट चौडा प्वाल परेको छ । यसैगरी, चट्याङबाट विद्युत स्विच, सब मिटर, इन्भर्टर बक्समा क्षति पुगेको छ ।

घरमा पार्किङ गरेर राखिएको बा ०१९०२६ च ५१०८ नम्बरको कार र से ५ प ७४६६ नम्बरको स्कुटरमा समेत क्षति भएको चौधरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.