चक्कु प्रहार गरेको अभियोगमा एक विदेशी पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 09 | 01:32 pm 1943

कास्की, असोज २३ : पोखरा महानगरपालिका ६ खहरे बस्ने तनहुँका ३४ बर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार गरेको अभियोगमा अष्ट्रियाका नागरिक ३३ वर्षीय डोमिनिक एडरलाई पोखरा महानगरपालिका ६ बाट प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका डोमिनिकले सेदी खहरे जाने क्रममा सेदीको पुलमा श्रेष्ठलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको खबर प्राप्त भएपछि खटिएको वडा प्रहरी कार्यालय बैदामको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते श्रेष्ठलाई उपचारको लागि चरक मेमोरियल अस्पताल लगिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.