चक्कु देखाउँदै १३ वर्षीया बालिकालाई बलात्कार गरेर फरार भएका रमेश पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 14 | 06:39 pm 2009

काठमाडौं, जेठ ३१ :  १३ वर्षीया बालिकालाई चक्कु देखाउँदै बलात्कार गरेर फरार भएका एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक वतासे गा.वि.स वडा न. २ का निर बहादुर भन्ने रमेश थापालाई बिहीबार काठमाडौँको नयाँबजारबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवि) ले  पक्राउ गरेको हो ।

थापाले २०७० साल मङ्सिर १६ गते काभ्रेपलाञ्चोक पोखरीचौरी गा.वि.स वडा नं. ४ स्थित रैकर जङ्गललमा १३ वर्षीय बालिकालाई चक्कु देखाई ज्यान मार्ने धम्की दिई जबरजस्ती करणी प्रहरीले जनाएको छ । थापालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले पनि दोषी ठहर गरिसकेको छ । अदालतको उक्त फैसलापछि थापा फरार भएका थिए ।

जिल्ला अदालतले २०७४ वैशाख २५ गते थापालाई दोषी ठहर गरी ८ वर्ष कैद र पीडित परिवारलाई ५० हजार नगद क्षतिपूर्ति दिनु पर्ने फैसला सुनाएकाे थियो ।

थापालाई काठमाडौँ जिल्ला अदालतमा बुझाइसकेको पनि सिआइविले जनाएको छ । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँमा पठाइसकेको समेत सिआइविले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.