घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी

रिपोर्ट नेपाल | 2022 Oct 25 | 07:13 am 1697

दाङ, कात्तिक ८: दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौं क्षति भएको छ । आगलागीबाट घोराहीको सहिद उमेश मार्ग सडकमा रहेको तीन वटा फर्निचर उद्योग जलेको हो।

न्यू दाजुभाई, दाजुभाई र स्टार दाजुभाई तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। तिहार लक्ष्मीपूजामा बालिएको दियोको कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.