घुससहित समातिएका इन्सपेक्टर बस्नेतविरुद्ध मुद्दा दायर

रिपोर्ट नेपाल | 2019 Jun 24 | 04:20 pm 2267

कठमाडौं, असार ९ :  १५ हजार घुससहित पक्राउ परेका इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बहादुर बस्नेतविरुद्ध मुद्दा दायर भएको छ ।  बस्नेत नदीजन्य पदार्थ ढुवानी गर्ने सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारद्वारा पक्राउ परेका थिए ।

अख्तियारका अनुसार प्रहरी निरीक्षक बस्नेतले ट्याक्टरबाट नियमानुसारको प्रक्रिया पूरा गरी गैडहवा गाउँपालिका अन्तर्गत नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग पटक/पटक घुस माग गरी दुस्ख हैरानी दिएको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले निज प्रहरी निरीक्षक केशव बहादुर बस्नेतलाई सेवाग्राहीसँग पन्ध्र हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा निज प्रहरी निरीक्षक केशव बहादुर बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो पन्ध्र हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९क० बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.