घुस लिएको आरोपमा राजश्व कार्यालय भक्तपुरमा नायब सुब्बा पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 01 | 05:51 pm 2116

भक्तपुर, चैत १८ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुस लिएको आरोपमा नायब सुब्बालाई पक्राउ गरेको छ ।

राजस्व कार्यालय भक्तपुरको सङ्कलन शाखामा कार्यरत नासु सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु १५ हजार घुस लिएलगत्तै आयोग टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरीवृत्त जगातीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.