घुस रकमसहित पूर्व कर्मचारी अख्तियारकाे नियन्त्रणमा

| 2020 Sep 30 | 12:03 pm 1746

इलाम, असाेज १४ः करदाता सेवा कार्यालय इलामबाट दश हजार रुपैयाँ घुस रकमसहित एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाल रहेका छन् ।

उनलाई आयोगको इटहरीस्थित कार्यालयको टोलीले सोमबार दश हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेकाे आयाेगले जनाएकाे हाे ।

पक्राउ परेका ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको इटहरी स्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए ।

उनले करदाता सेवा कार्यालयको कर्मचारी हुँ भनेर सेवाग्राहीलाई दुःख दिने गरेको सूचनाको आधारमा ढकाललाई पक्राउ गरिएको र अहिले थप अनुसन्धान भइरहेको अख्तियारका सूचना अधिकारी ढकालले बताए । ढकाल करदाता सेवा कार्यालयबाट एक वर्ष अघि सेवा निवृत भएकाे बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.