घुस रकमसहित दोलखाकी वन कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Mar 13 | 08:13 am 2800

भक्तपुर, फागुन ३०: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई २ लाख ५ हजार नगद सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको अख्तियारले जानकारी दिएको हो।

उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरिएको हो। सेवाग्राहीसँग घुस लिएर दोलखाबाट हिडेको खबर आएपछि उनलाई निगरानीमा राखेको अख्तियारको टोलीले भक्तपुरको गठ्ठाघरमा गाडी र घुस रकमसहित पक्राउ गरेको हो।

बिहीबार साँझ ६ बजेतिर श्रेष्ठलाई गठ्ठाघरमा उनी चढेको बा१झ ७६८५ नम्बरको गाडी नियन्त्रणमा लिएर उनको साथमा रहेको रकम बरामद गरेको हो।

उनलाई नियन्त्रणमा लिएको र थप आवश्यक अनुसन्धान हुने अख्तियारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.