घाँटी थिचेर आफ्नै दुई वर्षीया छोरीको हत्या

रिपोर्ट नेपाल | 2021 Jan 27 | 09:36 am 3097

अर्घाखाँची, माघ १४ः जिल्लाको शितगङ्गा नगरपालिकामा बुबाले आफ्नै छोरीको हत्या गरेका छन्।

शितगङ्गा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ।

इलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ। केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.