घरेलु तथा साना उद्योग कार्यालय लहानद्धारा उद्योगीहरुसंगको अंन्तरक्रिया सम्पन्न

रिपोर्ट नेपाल | 2021 Jul 08 | 10:34 pm 2921

  • महेश सिंह

सिरहा, असार २४ः घरेलु तथा साना उद्योग कार्यालय लहानले उद्योगीहरुसँग बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

No description available.

ब्यवसायीहरुलाई सहरुपमा बजारीकरण होस र किसानहरुको उपजहरु राम्रो मुल्यमा किनमेल र बजारीकरण होस भने उद्देश्यले सयौं ब्यापारी र उद्योगीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको हो ।

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्य रहनु भको थियो ।

प्रमुख अतिथि अमात्यका अनुसार यो कार्यक्रम भनेको सिरहा जिल्लामा एउटा समृद्धिको कार्यक्रम हो। उत्पादन धेरै भन्दा धेरै मात्रामा बिक्रीवितरण होस भन्ने बताए।

उत्पादनलाई स–बिस्तारको रूपमा लान सकिएको छैन, र लहानमा हेल्फ डेकसको ब्यवस्था र घरेलु प्रदर्शनी स्थल कोसेली घर निर्माण गरौं अध्यक्ष अमात्यले बिचार राखेका थिए।

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपेन्द्र कुमार यादवका अनुसार हाम्रो कार्यालयले उद्योगी र साना ब्यवसायलाई जनमाउने काम गर्दा र त्यो मात्र गरेर हुँदैन उसलाई लालनपालन गर्ने काम र शिक्षा दिने काम घरेलु तथा साना उद्योगको हो।

प्रदेश सरकारले उद्योगीहरुलाई उकास्न नयाँ रनिति अंगालेको छ भन्दै ब्यापार प्रबर्द्धन उपज बढाउनु पर्ने त्यसले देशमा समृद्धि ल्याउँछ। र सब भन्दा उद्योग दर्ता भएको जिल्ला सिरहा नै हो बताए। दर्ता भएको उद्योग काजमै सिमित छ की संचालनमा आएको छ की अनुगमन गर्ने काम कार्यालयले गर्ने भएको छ ।

No description available.

किसान र उद्योगीहरुलाई १५ लाखसम्मको ऋण बिना धितोको दिने बताए । आफूले लहानमा रहुन जेलसम्म राम्रो जिम्मेवारीको साथै कार्यालय चलाउने भन्दै उद्योग बाणिज्य संघ बहुत क्षमता वान संगठन हो प्रमुख यादवले चर्चा गरेका थिए ।

नेपाल पत्रकार महासंघ सिरहाको सभापति मनोज बनैताका अनुसार कनजुमरको जुन एरिया हुन्छ त्यो वाडेन न भएको हुँदा त्यसले गर्दा बजारमा त्यो मार्केटमा समस्या भएर जान्छ ।

वरिष्ठ पत्रकार तथा प्रदेश उपाध्यक्ष रामान्द गुप्ताका अनुसार ग्राहक र बजारीकरण गर्ने मधेसकर्ताको बजार प्रबर्द्धन र किसान उपज कसरी बजार समक्ष पुग्छ र त्यसमा स्थानीय सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए । यो एरियामा सुबिधा सम्पन्न सिड भणडार गृहको निर्माण गर्न सकियो भने किसान बर्गमा सहज हुन्छ वरिष्ठ पत्रकार गुप्ताले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.