घरभित्र पसि बाँदरले गर्‍यो, महिलामाथि आक्रमण

रिपोर्ट नेपाल | 2018 Dec 05 | 12:23 pm 1962

पर्वत, मंसिर १९ :  बाँदरको आक्रमणबाट जलजला गाउँपालिका–७ धाइरिङस्थित घाहाखेतमा एक महिला गम्भीर घाइते भएकी छीन् । बाँदरको आक्रमणबाट ४० वर्षीया लक्ष्मी जैसी घाइते भएका स्रोतले बताए ।

बाँदरले घरभित्र पसेर अन्नपात खाएपछि लखेट्ने क्रममा उनलाई बाँदरले आक्रमण गरेको हो । घाइते भएकी जैसीको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचार भइरहेको स्थानीयवासी झलक आचार्यले जानकारी दिए ।

उक्त क्षेत्रमा बाँदरले दुःख दिन थालेपछि स्थानीयवासीले बाँदर नियन्त्रणका लागि प्रशासन र स्थानीय गाउँपालिलाई गुहार्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.